Nic Ad Nic Ad
Nic Ad Nic Ad

पाँचथर विस्फोट : मृतकका परिवारलाई ५ लाख, घाइतेको निःशुल्क उपचार

बुधबार, भदौ २६, २०८१

काठमाडौं पाँचथरको फालेलुङमा भएको विस्फोटनमा मृतक परिवारलाई ५ लाख र घाइतेको निःशुल्क उपचार गर्ने सरकारले निर्णय गरेको छ । 

पाँचथरको फालेलुङ  गाउँपालिका ५ डाँडागाउँमा ग्रिनेड विस्फोटमा परी ज्यान गुमाएका परिवारलाई ५ लाख राहत दिने निर्णय सरकारले गरेको हो । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले जानकारी दिए ।दुर्घटनामा पाँचथर फालेलुङ गाउँपालिका ५ मा भदौ मा भएको विस्फोटनमा परी साढे २ वर्षिया प्रिन्सा र ११ वर्षका दिप्सन सावाँको मृत्यु भएको थियो ।

विस्फोटनमा घाइते दुई बालकको उपचारका लागि लाग्ने खर्च सरकारले बेहोर्ने निर्णय गरेको समेत मन्त्री पौडेलले जानकारी दिए ।

पौडेलले शनिबार वर्न अस्पताल पुगेर सरकारले खर्च गर्ने बताएका थिए । कीर्तिपुरस्थित बर्न अस्पतालमा घाइते १० वर्षका पवन राई र ७ वर्षका दिप्सन राईको उपचार भइरहेको छ ।

गि उपचारको निर्णय गरेको हो ।

 

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १५:४७
प्रतिक्रिया दिनुहोस्