Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुरु भयो दसैँको अग्रिम टिकट बुकिङ

बुधबार, भदौ २६, २०८१

काठमाडौँ- दशैंका लागि यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ खुलाउन थालेका छन् ।

एक महिनापछि असोज २४ गते फूलपाती रहेको छ । विगतमा यातायात व्यवस्था विभागले अग्रिम टिकट खुलाउने निर्णय गरेपछि मात्र व्यवसायी अघि सर्थे । तर, यो पटक व्यवसायी पहिले तातेका छन् । पूर्व अरनिको यातायात प्रालिको भदौ १५ गते सञ्चालनक समितिले भदौ २० गतेबाट अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको थियो ।‘आ-आफ्नो गाउँघर (विजया दशमी मनाउन) जानुहुने यात्रुहरूलाई सहजीकरण होस् भन्ने उद्देश्य राखी यही भदौ २० गतेबाट अग्रिम टिकट बुकिङ्ग गर्ने निर्णय भएको छ,’ अरनिको यातायातले निकालेको सूचनामा उल्लेख छ ।

यातायात व्यवस्था विभागले चाडपर्वको लागि अग्रिम टिकट बुकिङका लागि तयारी सुरु भई नसकेको बताएको छ । यातायात कम्पनीले अग्रिम टिकट बुकिङ सुरु गरिसकेको विषयमा गाडी सबै निजी कम्पनीको भएकाले उनीहरूले अग्रिम टिकट बुकिङ खोल्नु राम्रो रहेको बताएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १६:१४
प्रतिक्रिया दिनुहोस्