Nic Ad Nic Ad
Nic Ad Nic Ad

राजा ज्ञानेन्द्र र राप्रपा अध्यक्ष लिङ्देनबीचका चार घन्टे वार्ताको अर्थ

अहिले मुलुकमा हिन्दूत्वको आवाज बलियो
बुधबार, भदौ २६, २०८१

काठमाडौं– गणतन्त्र घोषणापूर्व नेपालका राजा ज्ञानेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच चार घन्टा अर्थपूर्ण वार्ता भएको छ। 

झापाको दमकस्थित हिमालयन टि गार्डेनमा बुधबार लन्चसहित भएको वार्ताका क्रममा देशमा देखिएको विद्यमान अवस्था, संसदमा चलिरहेको गतिरोध र विवादसहितका विषयमा कुराकानी भएको हो। 

अहिले मुलुकमा हिन्दूत्वको आवाज बलियो बनेको तथा राजसंस्था पुनःस्थापनाको विषयमा भइरहेका विविध प्रकारका गतिविधि सकारात्मक रहेको तथा राजनीतिक प्रदूषित बन्दा राजतन्त्रप्रति जनताको झुकाव बढेको विषयमा पनि कुराकानी भएको स्रोतले जनाएको छ।

जनआन्दोलनपछि राजाले जनताका नाममा सम्बोधन गर्नुपूर्व सात राजनीतिक दलसँग भएको सम्झौताको असली अर्थ राजसंस्था हरण नभएको विषयमा पनि चर्चा भएको थियो। 

‘गणतन्त्रमा देखिएको यो राजनीतिक अव्यवस्था र सत्ता राजनीतिको खेलले जनतामा निराशा पैदा भएको र त्यहि निराशा राजसंस्था र हिन्दूत्वका निम्ति आशा र विश्वासको कारण बन्न सक्नेतर्फ पनि कुराकानी भयो’, उच्च स्रोतले भन्यो,‘यो सामान्यभन्दा पनि अलिक विशिष्ट भेटवार्ता थियो।’
 

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १६:२०
प्रतिक्रिया दिनुहोस्