Nic Ad Nic Ad
Nic Ad Nic Ad

देउवा आफैं आएर मलाई प्रधानमन्त्री प्रस्ताव गर्दा भेट भयो, त्यसपछि भएको छैनः रवि लामिछाने

बुधबार, भदौ २६, २०८१

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बुढानिलकण्ठमा पुगेर भेटेको भन्ने चर्चाको खण्डन गरेका छन्। 

बुधबार संसदीय दलको कार्यालय सिंहदरबारमा रास्वपा सचिवालयको बैठक सकेर निस्कने क्रममा पत्रकारहरूसँग प्रतिक्रिया दिने क्रममा आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उपसभामुख इन्दीरा राना मगरबारेको भइरहेको विषयमा कुराकानी गरे पनि कांग्रेस सभापति देउवालाई नभेटेको दाबी गरे। 

लामिछानेले भने,‘हेडलाइनको पछाडि नलाग्नुस्। मैले शेरबहादुर देउवालाई भेटेको छैन। देउवा आफैं आएर मलाई प्रधानमन्त्री प्रस्ताव गरेका बेला भेट भएको हो, त्यसपछि भएको छैन।’
 

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १६:४८
प्रतिक्रिया दिनुहोस्