Nic Ad Nic Ad
Nic Ad Nic Ad

मनपरी गर्न संसद्‍ माओवादीको केन्द्रीय कार्यालय होइन : महेश बर्तौला

बुधबार, भदौ २६, २०८१

काठमाडौं- नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रतिपक्षीले दलले संसदीय प्रणालीलाई अमर्यादित र कमजोर बनाउने काम गरेको बताएका छन् ।

बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले सदनमा सभामुखले नियम र ऐन बमोजिम गरेका निर्णयलाई अस्वीकार गर्ने प्रतिपक्षीको कदमले संसदीय प्रणालीलाई अमर्यादित र कमजोर बनाएको बताए ।

संसद् माओवादी केन्द्रको केन्द्रीय कार्यालय नभएको बताउँदै उनले छाडा गतिविधि गर्ने छुट कसैलाई नरहेको जिकिर गरे ।

बर्तौलाले समाभुखको रुलिङ सबैले मान्नुपर्ने कानूनी मान्यता रहेको जिकिर गरे । माओवादीले पटक पटक संसदीय काममा असहयोग गर्दै आएको उनले बताए ।

बर्तौलाले सशस्त्र संघर्षका समयमा माओवादी आन्दोलनभित्र हत्या, हिंसा भएको तर्क फेरि दोहोर्‍याए। हिंसा शब्दलाई लिएर माओवादीले सत्तापक्षलाई उतेजित पार्न खाजेको पनि उनले दाबी गरे।

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १६:५४
प्रतिक्रिया दिनुहोस्