Nic Ad Nic Ad
Nic Ad Nic Ad

संवैधानिक परिषद्को बैठक स्थगित

बुधबार, भदौ २६, २०८१

काठमाडौँ- संवैधानिक परिषद्को बैठक स्थगित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले ५ बजे बस्ने गरी बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो।

प्रधानमन्त्री कार्यालयबाट बैठक स्थगित भएको सूचना आएको एक सदस्यले बताए ।संवैधानिक परिषदमा प्रधानमन्त्री, प्रधान न्यायाधीश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभाको विपक्षी दलको नेता र प्रतिनिधि सभाको उपसभामुख सदस्य रहन्छन् ।

आजको बैठकमा प्रधानन्यायाधीश सिफारिसको विषयमा छलफल गर्ने तयारी थियो ।

उपसभामुख इन्दिरा रानालाई सत्तारुढ दल काँग्रेस र एमालेले उपसभामुखबाट हटाउने तयारी गरिरहेका छन् ।

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १७:०९
प्रतिक्रिया दिनुहोस्