Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुवासचन्द्र नेम्वाङको नाममा प्रतिष्ठान बनाउने ओलीको घोषणा

बुधबार, भदौ २६, २०८१

काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानसभा अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने घोषणा गरेका छन् ।

बुधबार एमाले पार्टी केन्द्रीय कार्यालयमा संविधान सभा अध्यक्ष नेम्वाङको प्रथम स्मृति दिवसलाई सम्बोधन गर्दै उनले सो घोषणा गरेको हो । ओलीले सुवास नेम्वाङका स्मृति ताजा राख्न र नेम्वाङका आदर्शहरूलाई पछ्याएर उनको सम्झनामा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने बताए । प्रतिष्ठानको बारेमा सम्पूर्ण निर्णय भने शुक्रबारको सचिवालय बैठकले गर्ने ओलीले बताए ।

पुष्पलाल प्रतिष्ठान पार्टीले बनाए पनि अहिले माधवकुमार नेपालले निजी सम्पत्ति झैँ लगेको भन्दै उनले टिप्पणी गरे । पुष्पलालले पार्टी नछोडेको भन्दै नेपालले पार्टी छोडेपछि एमालेले नै पुष्पलाल प्रतिष्ठानको संरक्षणको जिम्मेवारी पाउनुपर्ने ओलीको भनाइ थियो । प्रधानमन्त्री ओलीले नेताहरूको नाममा प्रतिष्ठान, विद्यालयहरू खोलेर दुरुपयोग गरिएको भन्दै यस्ता कुरालाई समयक्रममा आन्दोलन, जनता, देशको हित र पक्षमा उभ्याउनुपर्ने बताए ।

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १७:२८
प्रतिक्रिया दिनुहोस्