Nic Ad Nic Ad
Nic Ad Nic Ad

पशुपतिनाथ मन्दिरमा विदेशी श्रद्धालुहरूको लागि छुट्टै लाइनको व्यवस्था

बुधबार, भदौ २६, २०८१

काठमाडौँ- पर्यटन विभागका महानिर्देशक डा. नारायण प्रसाद रेग्मीले पशुपती क्षेत्र विकास कोषका कार्यकारी निर्देशकलाई विदेशी धार्मिक पर्यटकहरूको लागि विशेष सुविधा सुनिश्चित गर्न अनुरोध गरेका छन्।

उनले आज (बुधबार) कोषका कार्यकारी निर्देशकलाई पठाएको पत्रमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने विदेशी श्रद्धालुहरूलाई लामो समय लाइनमा बस्नुपर्ने समस्याको समाधान गर्न छुट्टै लाइनको व्यवस्था गर्न आग्रह गरेका छन्।डा. रेग्मीले भनेका छन्, “विदेशी मुलुकबाट आउने ती श्रद्धालुहरूको सहजता सुनिश्चित गर्न यो व्यवस्था अत्यन्त आवश्यक छ। हिन्दु धर्मका आराध्यदेव भगवान पशुपतिनाथको दर्शन गर्न विभिन्न मुलुकबाट आउने धार्मिक पर्यटकलाई लाइनमा वसी दर्शन गर्न लामो समय लाग्ने समस्याको समाधान गर्न छुट्टै लाइनको व्यवस्था मिलाउनु महत्वपूर्ण छ।”

यो व्यवस्था लागू भएसँगै पशुपतिनाथको दर्शन गर्ने विदेशी पर्यटकहरूको अनुभवमा सकारात्मक सुधार आउने अपेक्षा गरिएको छ। यसले धार्मिक पर्यटनलाई थप आकर्षक बनाउन र स्थानीय तथा अन्तर्राष्ट्रिय श्रद्धालुहरूको सन्तुष्टि सुनिश्चित गर्न मद्दत गर्ने जनाइएको छ।

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १८:०२
प्रतिक्रिया दिनुहोस्