Nic Ad Nic Ad
Nic Ad Nic Ad

सांसदलाई उपत्यका नछाड्न काँग्रेसको निर्देशन

बुधबार, भदौ २६, २०८१

 

 

 

काठमाडौँ - नेपाली काँग्रेसले ३ असोजसम्म आफ्ना सांसदलाई उपत्यकाबाहिर नजान निर्देशन दिएको छ ।

बुधबार काँग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले सांसदहरुलाई सूचना पठाउँदै ३ असोजसम्म काठमाडौँ उपत्यका बाहिर नजान भनेका छन् । त्यस्तै उपत्यका बाहिर रहेका सांसदहरुलाई पनि काठमाडौँ फर्किन भनिएको छ । बुधबार बसेको काँग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले उपसभामुख इन्दिरा राना मगरलाई राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको छ ।

त्यसअघि सोमबार सत्तारुढ दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख रानाको विषयमा प्रश्न उठाएका थिए ।उपसभामुख रानामगरले २०२३ को फेब्रुअरीको संयुक्त राष्ट्रसंघको ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औँ सत्रमा जान लागेको भन्दै आफूहरूको भिसा अन्तर्वार्ता छिटो गरिदिन अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् । त्यही विषयलाई लिएर सत्तारुढ दलहरूले उनीमाथि प्रश्न उठाएका छन् ।

 

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १८:४७
प्रतिक्रिया दिनुहोस्