Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्वास्थ्य मन्त्रालयद्वारा स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी कानुन संशोधन गर्न राय माग

बुधबार, भदौ २६, २०८१

काठमाडौँ - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधन गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग राय माग गरेको छ ।

अस्पतालमा उपचारका सिलसिलामा चिकित्सकमाथि हुने आक्रमण नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले कानुन संशोधनका लागि कानुन मन्त्रालयसँग राय माग गरेको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए । चिकित्सकहरूले उपचारकै क्रममा बेलाबखत आफूमाथि आक्रमण तथा धम्की आउने गरेको भन्दै सुरक्षा माग गर्दै आएका छन् ।

२७ साउनमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले घोषणा गरेको योजना तथा प्राथमिकतामा चिकित्सकको सुरक्षा सुनिश्चित गर्दै आवश्यक नीतिगत सुधार गर्ने उल्लेख थियो ।

सोहीअनुसार कानुन संशोधनको तयारी गर्दै मन्त्रालयले कानून मन्त्रालयसँग राय मागेको हो । संशोधन प्रस्ताव गरिएको व्यवस्थाले कार्यरत स्वास्थ्य केन्द्रमा चिकित्सक तथा स्वास्थ्यकर्मी माथि हातपात भएमा तत्काल गैर जमानती गिरफ्तार (जेल विदआउट बेल) गर्नेसम्मको प्रावधान समेटिएको छ । कानुनबाट राय प्राप्त भएपछि मन्त्रालयले विधेयकको प्रक्रिया अघि बढाउनेछ ।

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १९:०६
प्रतिक्रिया दिनुहोस्