Nic Ad Nic Ad
Nic Ad Nic Ad

तनहुँमा जिपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

बिहीबार, भदौ २७, २०८१

तनहुँको व्यास नगरपालिका–७ कलेस्ती बजारमा बोलेरो जिपको ठक्करबाट बुधबार साँझ दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।

धादिङको गजुरी नगरपालिका–३ घर भई हाल व्यास–७ कलेस्ती बस्ते शान्ता श्रेष्ठकी छोरी दुई वर्षीया दिप्सा श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

लमजुङ भोर्लेटार सडकखण्डमा दुई पिप्लेबाट दमौलीतर्फ आउँदै गरेको ग ३ च १२१९ नम्बरको जिपले पैदलयात्री श्रेष्ठलाई साँझ साढे ७ बजे ठक्कर दिएको थियो ।

जिपको ठक्करबाट घाइते श्रेष्ठको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि जिप चालकलाई कारवाहीका लागि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिए ।
 

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  ०७:०६
प्रतिक्रिया दिनुहोस्