Nic Ad Nic Ad
Nic Ad Nic Ad

 मन्त्रिपरिषद् बैठक बस्दै

बिहीबार, भदौ २७, २०८१

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा साँझ १८ः३० बजे बैठक बस्ने तय भएको छ।

आजको बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णयसँगै केही सहसचिवको सरुवा गर्न सकिने सम्भावना पनि रहेको छ। र विशेष स्रोतका अनुसार बुधवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सरुवा गरिने सहसचिवहरुको सूची तयारीमा जुटेको थियो ।

सरकारी स्रोतले आजको बैठकपछि केही महत्वपूर्ण निर्णयहरू सार्वजनिक हुन सक्ने जानकारी दिएको छ।

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  ०७:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
 मन्त्रिपरिषद् बैठक बस्दै
बिहीबार, मंसिर ६, २०८१