Nic Ad Nic Ad
Nic Ad Nic Ad

आज चारवटा संसदीय समितिको बैठक बस्दै

बिहीबार, भदौ २७, २०८१

काठमाडौँ - संघीय संसद्अन्तर्गत आज विभिन्न चार समितिहरूको बैठक बस्ने भएको छ । जसअनुसार बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । 

यस्तै, समयमा बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विद्यमान अवस्था, भए गरेका कामकारबाही, समस्या तथा चुनौती र भावी कार्यदिशाका विषयमा छलफल हुनेछ । 

यस्तैगरी, संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठक पनि आज बस्नेछ । बिहान ११ बजे बस्ने बैठकमा विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ गर्ने कार्यसूची छ । 

दिउँसो १ बजे  उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्दै छ । बैठकमा समितिको वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफल हुने कार्यसूची छ । 

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  ०७:३७
प्रतिक्रिया दिनुहोस्