Nic Ad Nic Ad
Nic Ad Nic Ad

मिस विभा २०२४’ को ताज प्रेमा लामगाढेलाई

बिहीबार, भदौ २७, २०८१

काठमाडौँ - उमङ्ग क्रियशनद्वारा आयोजित ‘मिस विभा २०२४’ को ताज प्रेमा लामगाढेले पहिरेकी छिन्। बुधवार साँझ सम्पन्न फिनालेबाट पाँच प्रतिस्पर्धीलाई पछि पार्दै लामगाढेले ताज पहिरेकी हुन्। मिस विभाका इन्टरनेसनल डाइरेक्टर भूमि पाठकले विजेता प्रेमा लामगाढेलाई ताज पहिराएकी थिइन्।

प्रतियोगिताको निर्णायकमा अनु श्रेष्ठ, अमनप्रताप अधिकारी, सरिता श्री ज्ञवाली, करण वैद्य र इच्छा कार्की रहेका थिए भने कार्यक्रमको निर्देशकमा प्रशान्त ताम्राकार रहेका थिए।

प्रतियोगितामा अस्मिता शाह, डा.काजल ठाकुर, आकृति कुँवर, प्रेक्षा जोशी, विना महर्जन, प्रेमा लामगाढे, ज्योति खड्क, रिंसा शाक्य, प्रिया महर्जन, श्रीया मानन्धर, शिशेका सुब्बा, सञ्जु केसी, सुधिरा यादव, जेनिता सेञ्चुरीको सहभागिता रहेको थियो।

विजेताले आगामी अक्टोबर २५ ९कात्तिक ९० मा कम्बोडियामा हुने मिस ग्राण्डको फाइनलमा सहभागी हुन पाउने छन्। 

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  ०८:०७
प्रतिक्रिया दिनुहोस्