Nic Ad Nic Ad
Nic Ad Nic Ad

एमाले नेता महेश बस्नेतविरुद्धकोे बलात्कार र भ्रुण हत्यासम्बन्धी मुद्दा खारेज 

बिहीबार, भदौ २७, २०८१

काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतविरूद्धको मुद्दा उच्च अदालत पाटनले खारेज गर्ने फैसला सुनाएको छ। जानुका पाठक शोभाले २०८१ वैशाख २० गते दर्ता गरेको रिट बुधबार उच्च अदालतले खारेज गरेको हो। 

न्यायाधीशद्वय ऋषिराज भण्डारी र षडानन्द तिवारीको इजलाशले बस्नेतविरुद्धको मुद्दा दाबी नपुग्ने भन्दै खारेज हुने फैसला सुनाएको छ। 

यसअघि जिल्ला अदालत काठमाडौँले पनि खारेज हुने फैसला सुनाएको थियो। पीडित भनिएकी महिलाले बस्नेतबाट आफू पटक पटक बलात्कृत भएको दाबी गरेकी थिइन्।

यसअघि जिल्ला अदालत काठमाडौंमा हालेको रीट पनि खारेज भएपछि ति महिलाले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई विपक्षी बनाएर उच्च अदालत पाटनमा रिट दायर गरेकी थिइन्।

मुद्दा खारेज गर्ने निर्णय गरेको उच्च अदालत पाटनका रजिष्ट्रार श्रीलाल पौडेलले जानकारी दिए।

बस्नेतविरुद्ध बलात्कार, भ्रुण हत्या तथा डकैतीको अभियोग उल्लेख गर्दै ै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता भएको थियो। 
उनको जाहेरीको दाबी नपुग्ने भन्दै प्रहरीले मुद्दा नचल्ने सिफारिस गरेको थियो। 
 

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १०:१०
प्रतिक्रिया दिनुहोस्