Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रिय सम्मेलन केन्द्रित छ रास्वपा, दिउँसो पत्रकार सम्मेलन 

बिहीबार, भदौ २७, २०८१

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी मुख्यालय बनस्थलीमा दिउँसो पत्रकार सम्मेलन गर्ने भएको छ। 

महिनाको अन्तिम बिहीबार पत्रकार सम्मेलन गर्ने निर्णयअनुसार यो नियमित कार्यक्रम भए पनि यसमा राष्ट्रिय विषयलगायतका जानकारी दिइनेछ। 

अहिले उपसभामुख इन्दीरा रानामगरलाई सत्तारुढ दलले फेरि विवादमा तानेको विषयमा पनि रास्वपाको धारणा सुनाउन सक्ने बताइएको छ। 

यद्यपि पत्रकार सम्मेलनमा यहि असोज १ र २ गते काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनका बारेमा पनि जानकारी गराइने बताइएको छ।
 

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १०:२८
प्रतिक्रिया दिनुहोस्