Nic Ad Nic Ad
Nic Ad Nic Ad

मिस नेपाल जितेको २४ बर्षपछि फिल्म खेल्दैछिन् उषा खड्गी

बिहीबार, भदौ २७, २०८१

काठमाडौं– मिस नेपालको ताज जित्नासाथ नेपाली फिल्म उद्योगमा कामको प्रस्ताव आउनु स्वभाविक जस्तो भए पनि उषा खड्गी विभिन्न कारणले  अलमलमा परिन्। 

२४ बर्षअघि सन् २००० मा मिस नेपालको ताज लगाएकी खड्गी टेलिभिजन कार्यक्रम र म्युजिक भिडिओमा व्यस्त भए पनि ठूलो पर्दाको अभिनयमा उत्रिएकी थिइनन्। 

तर जीवनमा आएका अनेक उतारचढावपछि पहिलो पटक फिल्ममा अभिनय गर्ने सम्झौता गरेकी छन्। 

निर्देशक दिवाकर भट्टराईको फिल्म ‘नरसिंहाः अवतार’मा उनी अनुबन्धित भएकी हुन्।

निर्देशक भट्टराईले उषालाई बुधवार उक्त फिल्मका लागि अनुबन्धित गराएका छन्। 

आगामी असोज ७ गतेदेखि छायांकन सुरु हुने भनिएको यो फिल्मका लागि यसअघि राजेश हमालसहित नीर शाह, अर्जुन श्रेष्ठ, सरोज खनाल, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, समाइरा थापा, राजीवजंग बस्नेत, प्रकाश कुँवर, रमेशचन्द्र ठकुरी, अमित गिरी लगायतका कलाकार अनुबन्धित भइसकेका छन्।

यहि फिल्ममा अभिनय गर्न जुरेको उषाको प्रतिक्रिया थियो। 

हुन त उषालाई यसअघि फिल्म अभिनयका लागि प्रस्ताव नआएका होइनन्। तर, टेलिभिजन कार्यक्रमको व्यस्तता, विवाह अनि दुई सन्तानको हेरचाहका कारण ठूलो पर्दामा उनी जम्न पाइनन्। 

अब छोराछोरी पनि ठूला भइसकेका कारणले उषाले अभिनयको बाटोलाई पनि समातेकी छन्। 

यसअघि उनलाई भुवन केसीको सुपरस्टार र डा. भोला रिजालको आशिर्वाद भन्ने फिल्ममा अभिनयका लागि प्रस्ताव गरिएको थियो। ति मुख्य भूमिकामा उनले अभिनय गर्ने समय मिलाउन सकिनन्। सुपरस्टारमा मिस नेपाल बनिसकेकी सुमी खड्का र आशिर्वादमा रेखा थापाले मौका पाएका थिए। 

सन् २०१४ सम्म निरन्तर म्यूजिक भिडियो र विज्ञापनमा रमाइरहेकी उषाले २०७२ सालको भूकम्पपछि भने कामको रफ्तारलाई अलि कम गरेकी थिइन्।

बुटीक व्यावसाय पनि सञ्चालन गरिरहेकी उषा पछिल्ला समयमा भने टेलिभिजन कार्यक्रममा पनि झुल्किएकी थिइन्। अब उनले फिल्मी यात्रा पनि आरम्भ गरेकी छन्। 
usa-1-1726118920.jpg
 

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  ११:२०
प्रतिक्रिया दिनुहोस्