Nic Ad Nic Ad
Nic Ad Nic Ad
टाइमलाइन असोज २२

प्रहरीमा एआईजीदेखि इन्स्पेक्टरसम्म खाली नै खाली, बढुवाका लागि दबाब थेग्न नसक्दा सर्कुलर जारी

बन्द होला त नेताका कोठा–चोटामा पुग्ने काम?
बिहीबार, भदौ २७, २०८१

काठमाडौं– नेपाल प्रहरीका महानिरिक्षक (आईजी) बसन्तबहादुर कुँवरको सचिवालयले प्रत्येक युनिटमा पूर्वस्वीकृतिबिना नेता, प्रभाव पार्ने व्यक्ति वा कार्यालयमा जान बन्देज गर्दै सर्कुलर जारी गरेको थियो। 

गृह सचिव, गृहमन्त्री अथवा प्रधानमन्त्रीलगायत कसैकहाँ भेट्न जानका लागि प्रहरी प्रधान कार्यालयमा जानकारी हुनुपर्छ। यसको प्रशंशा र आलोचना दुवै भएको छ। 

तर यसैबेला प्रधान कार्यालयले किन यस्तो सर्कुलर जारी गरेको भन्ने पनि कारण छ।

प्रहरीमा प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी)देखि प्रहरी निरिक्षक (इन्स्पेक्टर)सम्म बढुवा खाली नै खाली छ। त्यसभन्दा तल्ला तहमा पनि खाली हुँदैछन्। बढुवाका लागि दबाब थेग्न नसक्दा सर्कुलर जारी गरिएको स्पष्ट कारण छ। 

प्रहरीमा राजनीतिक व्यक्तित्वको हस्तक्षेप र विभिन्न निकायबाट आईजी र सचिवालयमा बढुवाका लागि दबाब दिलाउने काम हुने पूर्वसन्ध्यामा यस्तो सर्कुलर जारी गरिएको हो। 

आगामी असोज २२ गतेसम्म त आईजीले बढुवाको दबाब थेग्न सक्छन्। त्यसबेलापछि भने उनलाई थामिनसक्नु सिफारिस आउनेवाला छ। किनभने, उक्त मितिसम्म कार्य सम्पादन मुल्यांकन हुने भएकाले अहिले त्यति दबाब नभए पनि एक महिनापछि भने स्थिति अलग हुनेछ। 

एआईजी पदबाट श्यामलाल ज्ञवाली भदौ २५ गते राती उमेर हदका कारण निवृत्त भएपछि पद रिक्त छ। 

एआईजीबाट बढुवा गर्दै जाँदा प्रहरीमा एकसाथ तीन सय बढी बढुवा हुनेछन्। 

यसअघि ३० वर्षे सेवा अवधिका कारण ९० जना प्रहरी अधिकारीहरू भदौ १६ गते एकसाथ अवकाश भएका थिए। त्यहाँ पनि डीआईजी, एसएसपी, एसपी, डीएसपीदेखि इन्स्पेक्टरसम्मका दर्जा खाली छन्।

को बन्ला नयाँ एआईजी?
डीआईजी बुद्धिराज गुरुङ र कुवेर कडायत एआईजी बढुवा हुने सम्भावनाका पात्र हुन्। गुरुङ हाल कार्यरत डीआईजीमध्ये वरीयतामा अगाडि छन्। उनीभन्दा अगाडि रहेका सबै डीआईजीहरू एआईजी भइसकेका छन्।

गुरुङबाहेक दुर्गा सिंह, किरण राणा, कुवेर कडायत, केदार ढकाल, भरतबहादुर बोहरा, रवीन्द्र केसी, राजेशनाथ बास्तोला र चन्द्र कुवेर खापुङ पनि एआईजीका लागि दाबेदार मानिन्छन्। 

किरण राणा, केदार ढकाल, भरत बोहरा, राजेशनाथ बास्तोलाको भने सेवा अवधि छोटो भएका कारण गृह मन्त्रालयको बढुवा समितिले कस्तो निर्णय लिने हो, त्यो भन्न सक्ने अवस्था छैन। 

उमेर हदका कारण राणा कात्तिक १६, ढकाल मंसिर २२, बोहरा पुस १४ र बास्तोला कात्तिक ११ गते नै अवकाशमा जाने सम्भावना छ। डीआईजीहरू जनक भट्टराई, लालमणि आचार्य, अर्जुन चन्द ठकुरी, यज्ञविनोद पोखरेल पनि प्रतिस्पर्धी हुन्। तर ठकुरी पुस १ र पोखरेल असोज १४ मा अवकाश हुनेछन्।

त्यसबेलासम्म प्रहरीको नयाँ ऐन कार्यान्वयनमा आयो भने अवस्था फरक बन्न सक्छ।

एसएसपीमा सबैभन्दा सिनियर ध्रुवराज राउत, भोलाबहादुर रावल र गणेश चन्द छन्। तर यसअघि पनि उनीहरूको कार्यसम्पादन राम्रो नभएका कारण बढुवामा छुट्दै आएका थिए। 

ध्रुवराज राउत आईजी कुँवरकै ब्याची हुन्। 

२०७८ मंसिर ६ मा एसएसपी भएका राउत डीआईजी बढुवाका दाबेदारमध्ये पहिलो नम्बरमा छन्। 

राष्ट्रिय अनुसन्धान विभागबाट आएको टोलीलाई यसअघि नै सिधै प्रहरी निरीक्षकमा भर्ना भइसकेको ब्याचले उछिनिसकेको छ। 
यससअघि रवि लामिछाने गृहमन्त्री हुँदा तीन ब्याच जुनियरलाई डीआईजी बनाएका थिए। 

सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर र उमाप्रसाद चतुर्वेदी पनि एसएसपीमा अगाडि छन्। उनीहरू मध्यबाट पनि डीआईजी बढुवा हुने सम्भावना प्रबल रहेको उच्च स्रोतले जनायो। 

राष्ट्रिय अनुसन्धानको टोलीबाट आएका हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक पनि डीआईजीका दाबेदार हुन्।
 

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  ११:५६
प्रतिक्रिया दिनुहोस्