Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रचण्डलाई कालो चिया खुवाएर प्रधानमन्त्री ओली र देउवाले गरे यस्तो प्रस्ताव

बिहीबार, भदौ २७, २०८१

काठमाडौं– एक–अर्काको कडा आलोचना गरे पनि प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दलका नेता माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विहीबार बालुवाटारमा बैठक भएको छ। 

साथमा सत्ता सहयात्री सदनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि उपस्थित रहेका थिए। 

आगामी असोज २२ गते प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अवकाश हुनेछ। त्यसअघि नै सर्वोच्च अदालतको कमान्ड सम्हाल्न अर्का प्रधानन्यायाधीशको सिफारिसका सन्दर्भमा तीन नेताबीचको वार्ता भएको हो। 

यो वार्ताले संवैधानिक परिषदको बैठक डाक्ने, सहजता र सरलताका साथ प्रधानन्यायाधीशको सिफारिस गर्नुपर्ने विषयलाई केन्द्रमा राखेको प्रधानमन्त्री ओली निकट स्रोतले जनाएको छ। 

माओवादी जनयुद्धलाई ‘हिंसा’ भनी अवहेलना गरेको शव्दका कारण चिढिएका प्रचण्डलाई प्रधानमन्त्री ओलीले कालो चिया खुवाएर फकाउने प्रयास गरेका छन्। ओली र देउवाले परिषदको बैठक राख्नुपर्ने प्रस्ताव प्रचण्डलाई गरेका थिए।

संवैधानिक परिषदको बैठकलाई निश्चित गर्ने पूर्वसन्ध्यामा त्यसकी एक सदस्य उपसभामुख इन्दीरा राना मगरको विषयमा पनि विवाद आएको छ। बैठकमा उक्त विवादका विषयमा पनि कुराकानी भएको बताइएको छ।
 

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १२:११
प्रतिक्रिया दिनुहोस्