Nic Ad Nic Ad
Nic Ad Nic Ad

सैनिक तालिम महानिर्देशनालयको महानिर्देशकमा शाह नियुक्त

बिहीबार, भदौ २७, २०८१

काठमाडौँ- नेपाली सेनाको सैनिक तालिम महानिर्देशनालयको महानिर्देशकमा ध्रुवप्रकाश शाह नियुक्त भएका छन् । सेनाको सहायक रथीबाट उपरथी दर्जामा पदोन्नति भएका शाह सैनिक तालिम महानिर्देशनालयको महानिर्देशकमा नियुक्त भएका हुन् ।

बिहीबार प्रधान सेनापति अशोकराज सिग्देलले जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच उपरथी शाहलाई दर्ज्यानी चिन्ह समेत प्रदान गरेका छन् ।

सोही अवसरमा सिग्देलले सहायक रथी दर्जामा पदोन्नति भएका महासेनानी अनुप अधिकारीलाई सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह एवं महासेनानी दर्जामा पदोन्नति भएका प्रावध डेन्टिष्ट प्रमुख सेनानी डा. रिवाज कार्कीलाई महासेनानी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १३:२४
प्रतिक्रिया दिनुहोस्