Nic Ad Nic Ad
Nic Ad Nic Ad

नदी किनारको मापदण्ड पुनरावलोकन गर्न डा. बाबुराम भट्टराईको ध्यानाकर्षण

बिहीबार, भदौ २७, २०८१

काठमाडौँ- बागमती तथा सहायक नदी किनारको नयाँ मापदण्ड पुनरावलोकन गर्न मागसहित प्रभावितले पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

अदालतको फैसलाले काठमाडौँको मात्रै नभई देशै भरिका नदी किनारका बस्ती प्रभावित हुने उनीहरूले ज्ञापन पत्रमा उल्लेख गरेका छन् । उनीहरूले हालको मापदण्डमा २० मिटर थप्ने निर्णयले देशभरका लाखौँ घरधुरी र हजारौँ रोपनी क्षेत्र प्रभावित हुने बताएका छन् ।निवेदकले माग नै नगरेको विषयमा अदालतले फैसला गरेको पनि उनीहरूले आरोप लगाएका छन् ।

सर्वोच्च अदालतले बागमती र उपत्यकाका अन्य नदी किनारामा बसेकाहरूलाई अन्यत्र स्थानान्तरण गर्न गत पुस ३ गते आदेश दिएको थियो । उक्त आदेशको पूर्णपाठले नदी किनारमा २० मिटर छाड्ने मापदण्ड अनुचित भएकाले थप २० मिटर बढाउन पनि आदेश दिएको थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १३:४०
प्रतिक्रिया दिनुहोस्