Nic Ad Nic Ad
Nic Ad Nic Ad

बाङ्लादेशबाट फर्किएका विद्यार्थीले तोकिएकै कलेजमा इन्टर्नसिप पुरा गर्नुपर्ने

बिहीबार, भदौ २७, २०८१

काठमाडौँ- बाङ्लादेशबाट फर्किएका चिकित्साशास्त्र अध्ययनरत विद्यार्थीहरूले तोकिएकै कलेजमा इन्टर्नसिप गर्नुपर्ने भएको छ । बाङ्लादेशमा चिकित्साशास्त्र शिक्षा अध्ययन गरेर इन्टर्नसिप पुरा गर्न नपाएका नेपाली विद्यार्थीहरूले तोकिएकै कलेजमा इन्टर्नसिप गर्नुपर्ने भएको हो ।

ती विद्यार्थीहरूले सोही कलेजले तोकेका मेडिकल कलेजमा नै आफ्नो इन्टर्नसिप पूरा गर्नुपर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।एमबीबीएस, बीडीएस कार्यक्रममा अध्ययनरत नेपाली विद्यार्थीहरूले तोकिएको कलेजमा नै इन्टर्नसिप पूरा गर्नुपर्ने भएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत बाङ्लादेशस्थित सम्बन्धित मेडिकल कलेजहरूको धारणा माग गरेको थियो । त्यसपछि बाङ्लादेशस्थित नेपाली राजदूतावासले बाङ्लादेश सरकारले सम्बन्धित निकायमा समन्वय हुँदा बाङ्लादेशका विभिन्न मेडिकल कलेजहरूमा अध्ययनरत विद्यार्थीहरूले सोही कलेजले तोकेका मेडिकल कलेजमा नै आफ्नो इन्टर्नसिप पुरा गर्नुपर्ने व्यहोरोका पत्र पठाएका थिए । शिक्षा मन्त्रालयले सोही आधारमा सम्बन्धित विद्यार्थीहरूको इन्टर्नसिप सम्बन्धित मेडिकल कलेजले तोकेको कलेजमा मात्रै इन्टर्नसिप हुने बताएको हो ।

बाङ्लादेशमा कोटा विरोधी प्रदर्शन हुँदा चिकित्सा शिक्षा अध्ययन गर्न पुगेका नेपाली विद्यार्थीहरू स्वदेश फर्किएका छन् ।

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १४:१४
प्रतिक्रिया दिनुहोस्