Nic Ad Nic Ad
Nic Ad Nic Ad

समन्वयसहित रचनात्मक ढगंले काम गर्न प्रधानमन्त्रीको निर्देशन

बिहीबार, भदौ २७, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको लक्ष्य हासिल गर्ने कामलाई समन्वयसहित रचनात्मक ढंगले पूरा गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा आज आयोजित कार्यसम्पादन सम्झौता कार्यक्रममा प्रधानमन्त्री ओलीले के गर्ने, के हासिल गर्ने भन्ने थाहा नभईकन कार्यालय आउने र जाने प्रथालाई अन्त्य गर्दै विगतमा आफू प्रधानमन्त्री हुँदा यस प्रकारको पद्धति बसालेको बताए।

‘हामी टिम स्पिरिटमा काम गर्छौँ, एक अर्कालाई सहयोग गछौँ । लोकतन्त्रका र जनताका हित गर्दै सुशासन र सुरक्षा कायम गर्न प्रतिबद्ध छौँ भन्ने यी सम्झौतामा समावेश गरिएका छन् । हामीले यस बमोजिम थप दृढताका साथ काम गर्नुपर्ने छ ।’ प्रधानमन्त्री ओलीले भने । उनले पूर्वमन्त्रीहरुसँगका काम लाग्ने अनुभवबाट पनि सिक्ने र सम्झौतामा नभएका तर देशका लागि गर्नुपर्ने देखिएका काम गर्न आग्रह गरे।

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १७:५९
प्रतिक्रिया दिनुहोस्