Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘कृषि दशकमा कृषि क्रान्ति गर्छौं’ : मन्त्री अधिकारी

बिहीबार, भदौ २७, २०८१

काठमाडौं – कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपालमा कृषि क्रान्ति गर्न ‘कृषि दशक २०८१—२०९१’ मनाउन लागिएको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्र र सिमिटको ‘नेपालमा लघु, साना तथा मझौला कृषि उद्यमहरुको स्थिति, अवसर र चुनौती’ विषयक राष्ट्रिय कार्यशाला गोष्ठीमा मन्त्री अधिकारीले कृषि क्रान्तिबारे कुरा गरेका हुन् ।

‘सरकारले कृषि क्रान्तिको लागि कृषि दशक २०८१—२०९१ मनाउन लागेको छ,’ मन्त्री अधिकारीले भने, ‘अहिले कृषि क्षेत्रको आयात प्रतिस्थापनको प्रयास गरिहेको छ ।’

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव श्री कृष्ण बहादुर राउतले देशको रोजगारीको सबै भन्दा धेरै हिस्सा ओगटेको लघु, घरेलु तथा साना उद्योगको योगदान प्रशंसनीय रहेको बताए ।

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १८:२०
प्रतिक्रिया दिनुहोस्