Nic Ad Nic Ad
Nic Ad Nic Ad

मेटमणि चौधरीलाई एकीकृत समाजवादीले सोध्यो स्पष्टीकरण

बिहीबार, भदौ २७, २०८१

काठमाडौँ- एक अन्तर्वार्तामा प्रयोग गरेको भाषालाई लिएर नेकपा एकीकृत समाजवादीले उपमहासचिव मेटमणि चौधरीसँग स्पष्टीकरण सोधेको छ ।

महासचिव घनश्याम भुसालले चौधरीसँग तीन दिनभित्र लिखित स्पष्टीकरण बुझाउन पत्र पठाएका छन् । प्रमुख सचेतक समेत रहेका चौधरीले टेलिभिजन अन्तर्वार्तामा नेपालको भौगोलिक अखण्डताबारे बोलेको थिए ।‘‘। तपाईँले लिपुलेक र कालापानीमाथि इण्डियाले आफ्नो दाबी प्रस्तुत गरेको छ । मलाई लाग्छ दाबी पुग्छ उसको, दाबी पुग्छ, भारतले लिन पाउँछ, ‘। ९कालापानी र लिपुलेक० भारतको हो नि’ भन्नुभएको रहेछ’ स्पष्टीकरण पत्रमा भनिएको छ ।

चौधरीको अभिव्यक्ति मुलुकको अखण्डता र सार्वभौमिकताविरुद्ध भएकाले तीन दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिइएको छ ।

स्पष्टीकरण पत्र :

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  २०:४३
प्रतिक्रिया दिनुहोस्