Nic Ad Nic Ad
Nic Ad Nic Ad

सन्दीपलाई अमेरिकाले दियो भिसा

बिहीबार, भदौ २७, २०८१

काठमाडौँ-  क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन् । केही दिन अगाडि नै उनको भिसा लागेको स्रोतले बताएको छ ।

आइसीसी विश्वकप लिग २ खेल्नका लागि सन्दीप लगायत खेलाडीहरूलाई अमेरिकी दूतावासले भिसा उपलब्ध गराएको हो । नेपाली टोली उक्त त्रिकोणात्मक सिरिजका लागि मंगलबार राति क्यानडा उडिसकेको छ । सन्दीप पनि टिमसँगै छन् ।

क्यानडामा लिग २ खेलेपछि नेपाली टिम अमेरिका जाने तालीका छ । नेपालले सेप्टेम्बर १६ र २२ मा क्यानडासँग र सेप्टेम्बर १८ र २४ मा ओमानसँग खेल्ने छ । दुवै देशसँग नेपालले त्रिकोणात्मक टि २० सिरिज पनि खेल्ने छ । क्यानडासँग सेप्टेम्बर २८ र अक्टोबर १ मा तथा ओमानसँग सेप्टेम्बर २९ र अक्टोबर २ तारिखमा नेपालले टि २० म्याच खेल्नेछ ।

क्यानाडापश्चात अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ । त्यहाँ नेपाल अमेरिका र स्कटल्यान्डले प्रतिस्पर्धा गर्नेछन् । यसअघि अमेरिकामै आयोजना भएको टि २० विश्वकपमा जान सन्दीपले अमेरिकाको भिसा पाएका थिएनन् । दुई पटकको प्रयासमा पनि अमेरिकी दूतावासले उनलाई भिसा दिन इन्कार गरेको थियो ।
 

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  २१:२०
प्रतिक्रिया दिनुहोस्