Nic Ad Nic Ad
Nic Ad Nic Ad

लगानी बोर्डको सीईओमा सुशील ज्ञवाली नियुक्त

शुक्रबार, भदौ २८, २०८१

काठमाडौं - लगानी बोर्डको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुशील ज्ञवाली नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई बोर्डकाे सीइओमा नियुक्ति गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले गत साउन १७ गते सीईओका लागि आवेदन माग गरेको थियो । आवेदन दिएका मध्ये सुशील ज्ञवाली, घुराज काफ्ले, भीष्मराज ढुंगाना, रामदेव यादव र विष्णुप्रसाद भट्टराईको नाम सर्ट लिस्टको सूची परेको थियो ।

सर्ट लिस्टमा परेका मध्ये ३ जनको नाममध्ये ज्ञवालीलाई सीइओ बनाउने मन्त्रिपरिषदको बैठकले निर्णय गरेको हो ।

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  ०३:१८
प्रतिक्रिया दिनुहोस्