Nic Ad Nic Ad
Nic Ad Nic Ad

एमाले सचिवालय बैठक बस्दै

शुक्रबार, भदौ २८, २०८१

काठमाडौँ - नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ । बैठक १ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।

आजको बैठकमा वार्षिक कार्ययोजना र तत्कालीन संविधान सभा अध्यक्ष स्वर्गीय सुवास नेम्वाङ केन्द्रीय स्मृति प्रतिष्ठान निर्माण मुख्य एजेन्डामा केन्द्रित रहेर बैठकमा छलफल हुनेछ। 

सचिवालयबाट वार्षिक कार्ययोजना पारित गरी मिसन ०८४ लक्षित संगठन निर्माण र विस्तार, शुद्धीकरण र सुदृढीकरणलगायत अभियान चलाउने एमालेको तयारी छ। 

यसअघि भदौ १८ र १९ गते बसेको एमाले पोलिटब्युरो बैठकले ‘राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’ पारित गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  ०७:१२
प्रतिक्रिया दिनुहोस्