Nic Ad Nic Ad
Nic Ad Nic Ad

मनकामना केबलकार असोज १ बाट नियमित सञ्चालनमा आउने

शुक्रबार, भदौ २८, २०८१

काठमाडौँ - मनकामना केबलकार आगामी असोज १ गतेबाट सञ्चालनमा आउने भएको छ । २६ वर्षपछि आधुनिक प्रविधिमा केबलकार सञ्चालनमा आउन लागेको हो । गतअसार ३१ बाट सेवा बन्द गरेर ‘एनलग अप्रेटिङ सिस्टम’ बाट ‘डिजिटल डि–कनेक्ट सिस्टम’ मा रुपान्तरण गरिएसँगै पुनः सञ्चालनको तयारी गरिएको हो ।

डोप्लेमेयर अस्ट्रियाबाट आएको इन्जिनियर तथा प्राविधिक टोलीको सुपरीवेक्षणमा केबलकारलाई आधुनिक प्रविधिमा स्तरोन्नति गरिएको मनकामना केबलकारका निर्देशक राजेशबाबु श्रेष्ठले बताए । नयाँ–नयाँ प्रणालीको विकास भइरहेको र त्यहीअनुसार यसलाई पनि डिजिटल प्रणालीमा लगिएको उनले सुनाए ।

'पहिला एसी करेन्ट आएर त्यसलाई बीसीमा कन्भर्ट गरी डीसी मोटरले गियर बक्स चलाउँथ्यो ,' उनले भने, ‘अहिले सिधै एसी मोटरबाट चलाउन मिल्ने भएको छ । पूरै कन्ट्रोल सिस्टम एनलगबाट डिजिटल बनाइएको छ । मुख्य कन्ट्रोल प्यानल सबै परिवर्तन गरिएको छ ।'

दुई वर्षअघि पहिलो चरणअन्तर्गत प्राविधिक टोलीले परीक्षण गरेर मेकानिकल ‘वेयर एन्ड टिएर’ भएका महत्त्वपूर्ण मेकानिकल पार्ट परिवर्तन गरिएको थियो । त्यो बेला १५ दिन केबलकार बन्द गरेर काम गरिएको थियो । सबैभन्दा महत्त्वपूर्ण पार्ट्स केबलकारमा गोन्डोला झुन्डिने ग्रीप हो रहेको त्यो दुई वर्षअघि नै परिवर्तन गरिएको उनले सुनाए ।


 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  ०९:०१
प्रतिक्रिया दिनुहोस्