Nic Ad Nic Ad
Nic Ad Nic Ad

आज कोशी सरकारमा सहभागी हुँदै काँग्रेस, को-को बन्दैछन् मन्त्री ? 

शुक्रबार, भदौ २८, २०८१

काठमाडौँ - नेपाली काँग्रेस कोशी प्रदेश सरकारमा सहभागी हुने भएको छ । प्रदेश महामन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य भुपेन्द्र राईको नेतृत्वमा तीन मन्त्री र एक राज्यमन्त्रीसहित काँग्रेस कोशी सरकारमा सहभागी हुने भएको हो ।

राई कृष्णप्रसाद सिटौला समूहका नेता राई भौतिक पूर्वाधार मन्त्री बन्ने तय भएको छ । सिटौला पक्षकै भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बन्नेछन् ।

यसैगरी खगेनसिह हाङ्गाम उद्योग कृषि तथा सहकारी मन्त्री र सदानन्द मण्डल पर्यटन, वन, वातावरण मन्त्री बन्ने निश्चित भएको छ । हाङ्गाम सभापति शेरबहादुर देउवा समूहका हुन् । मण्डल भने संस्थापन भित्रकै ज्ञानेन्द्र कार्की निकट मानिन्छन् ।

थप एक मन्त्री र एक राज्यमन्त्री केही दिनपछि सरकारमा सहभागी हुने सांसद राईले बताए । नवनियुक्त मन्त्रीहरूको शपथ बिहान साढे ९ बजे राखिएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  ०९:४४
प्रतिक्रिया दिनुहोस्