Nic Ad Nic Ad
Nic Ad Nic Ad

पलेशाको खातामा पुग्यो सरकारको ६५ लाख, प्रधानमन्त्रीले दिए पुरस्कार

शुक्रबार, भदौ २८, २०८१

काठमाडौं– ऐतिहासिक ओलम्पिक पदक विजेता पलेशा गोवर्द्धनको खातामा सरकारले ६५ लाख रुपैंया जम्मा गरेको छ। 

प्रशिक्षक कविराज नेगीलाई ५ लाख ८५ हजार पुरस्कार व्यवस्थापक २ लाख ९२ हजार पुरस्कार रकम दिइएको छ।

सरकारले राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार सो पुरस्कार दिएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले पलेशासहित नेगी र व्यवस्थापकलाई सम्मानसहित पुरस्कार हस्तान्तरण गरेका छन्। बालुवाटारमा औपचारिक कार्यक्रम गरी प्रधानमन्त्री ओलीले सम्मान गरेको सचिवालयले जनाएको छ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १०:४१
प्रतिक्रिया दिनुहोस्