Nic Ad Nic Ad
Nic Ad Nic Ad

आज तीन संसदीय समितिको बैठक बस्दै

शुक्रबार, भदौ २८, २०८१

काठमाडौँ - संघीय संसद्अन्तर्गत आज तीन वटा समितिको बैठक बस्दै छ । आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । 

 बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ को विषयमा छलफल हुनेछ ।

यस्तै, बिहान साढे ११ बजे बस्ने गरी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बोलाइएको छ । बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट सम्पादन गर्नुपर्ने कार्यक्रम तथा योजना, कार्यसम्पादनमा रहेका समस्या तथा बजेटलगायत विषयमा समितिले जानकारी लिनेछ । त्यस्तै समस्या समाधानमा आवश्यक सहजीकरण गर्न सकिने विषय र विविध विषयमा छलफल हुनेछ ।

यस्तैगरी, विधायन व्यवस्थापन समितिको बैठक भने दिउँसो १ बजे बस्नेछ । बैठकमा नवीकरणीय ऊर्जा दक्षता सम्बन्धी विधेयक २०८१ माथि दफावार र विविध विषयमा छलफल हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १०:५४
प्रतिक्रिया दिनुहोस्