Nic Ad Nic Ad
Nic Ad Nic Ad
एक बर्षः दुई अनौठा अपराध

‘सुगर ड्याडी’ प्रकरणले सम्झायो सञ्जय भण्डारीकृत तीनकुने हत्याकाण्ड, ति पनि साइकोपाथ थिए!

शुक्रबार, भदौ २८, २०८१

काठमाडौं– प्रहरी अनुसन्धानका क्रममा रहेको ‘सुगर ड्याडी’ अपराध प्रकरणले एक बर्षअघि तीनकुनेमा भएको हत्याकाण्डलाई सम्झाएको छ। 

काठमाडौंमा भएको यातना प्रकरण र त्यो हत्याकाण्ड निकै आश्चर्यजनक अपराधको कोटीमा राखेर हेरिएको छ। 

यी दुवै प्रकरणको समानाता हो– अपराधकर्म गर्ने ‘साइकोपाथ’।

बुढानीलकण्ठमा घर घडेरी भएका ३३ वर्षीय आशिष देउला हाल प्रहरी हिरासतमा छन्। देउला नै हुन् सामाजिक सञ्जालमा ‘सुगर ड्याडी’। 

४ /५ वटा कम्पनीका सञ्चालक देउला आफ्नै पजेरो चढेर हिँड्थे। दिन बिराएर ठमेलको विभिन्न क्लब, दोहोरी साँझ पुग्नु उनको दैनिकी थियो। त्यहाँ आउने किशोरकिशोरी र युवालाई परिबन्धमा पारेर अपहरण गर्ने र निर्मम यातना दिने काम गर्दथे। 

तातो आइरनले पोल्ने, अण्डकोष पिलासले च्याप्ने, स्नुकर स्टिक मलद्वारमा घुसाएर यातना दिने र त्यसमा रमाउने काम गर्दथे, देउला। 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार ३३ वर्षका देउलाविरुद्ध शरीर बन्धक तथा ज्यान मार्ने उद्योग गर्न नहुने कसुरमा जाहेरी दर्ता गरिएको छ। 

विशाल पोडेले दिएको जाहेरीमा देउलाले रिस साँध्नको लागि कतिसम्म क्रुर यातना दिने रहेछन् विवरणमा उल्लेख छ। 

प्रहरीका अनुसार जाहेरवाला र आरोपित देउलाको समूहबीच ठमेलस्थित सेनेट क्लबमा भेट भइ चिनजान भएको थियो। 

यही विवादका बीच  गत भदौ ७ गते राती देउलाको समूहले बा७च ६४६१ नम्बरको पजेरोमा राखेर पीडितलाई क्रुर यातना दिएका थिए। 

देउलाको आपराधिक मनस्थिति अलि असामान्य छ। उनले जाहेरवालालाई मात्रै नभएर अन्यलाई समेत चरम यातना दिएको अनुसन्धानमा खुलेपछि प्रहरी छक्क परेको थियो। अनि, देउला एक आपराधिक मनोवृत्ति भएको ‘साइकोपाथ’ भएको निचोडमा पुग्यो, प्रहरी। 

देउलाको यातना प्रकरणका विषयका समाचार, भिडिओदेखि अनेक विषयको एउटा विवरणको भिडिओ रिपोर्ट यहाँ रहेको छ। 
 

सञ्जय भण्डारीकृत हत्याकाण्ड

ठिक एक बर्षअघि काठमाडौंको तीनकुनेमा यस्तै साइकोपाथ शैलीको हत्याकाण्ड प्रहरीले पत्ता लगाएको थियो। 

२९ भदौ २०८० मा काठमाडौंको गैरीगाउँस्थित दिव्या समिलमा चार जनाको हत्या गरेका सिन्धुपाल्चोक बाह्रबिसे–९ का सञ्जय भण्डारी ‘हत्यामा रिल्याक्श’ गर्ने प्रवृत्तिको रहेको खुलेको थियो। 

भण्डारी अहिले सजाय भोगिरहेका छन्। तर, उनको अपराधको शैली कस्तो थियो भन्ने एउटा डरलाग्दो विवरण अनुसन्धानले फेला पारेको थियो।  
भण्डारीका बयानलगायतका विभिन्न आधारले प्रहरीले नयाँ–नयाँ तथ्य पत्ता लगाएको थियो। 

उनका हत्या दाबीलगायतका विषयबस्तुमा फरक क्षमता भए पनि प्रहरीले सकेसम्म अनुसन्धान गरेको थियो। चार जना त दोभाषे मात्र खटाएको प्रहरीले केही नयाँ तथ्य फेला पारेको थियो। 

भण्डारीले हत्या गर्नुको प्रमुख कारण ‘फरक क्षमता भएका कारण गरिएको विभेद’ रहेको खुलाए। यद्यपि, यति क्रुर र नृशंश हत्यामा सक्रिय उनले बयानका क्रममा नै ‘रिल्याक्श हुने’ पनि दाबी गरेका थिए।

हत्या गरिएको रात शुक्रबार थियो। भण्डारी स–मिलमा हत्या गरी मृतकको शवलाई काठमुनि, धाराको छेउमा र अन्यत्र ठेगान लगाएर बसे। यति मात्र होइन, हत्या गरेर रगतका छिटाजति धोई पखाली गरेर एक घन्टा घटनास्थलमा आराम गरेर बसे। 

प्रहरीले बाहिर पेट्रोलिङ गरे पनि भित्र हत्या भएको भन्ने चाल पाएको थिएन। हत्या भएका नविन राई मदिरा सेवन गरी समिलमा पुगेका थिए। 

उनले भण्डारीलाई देखेपछि तँ यहाँ किन आएको भनेर सोधेकोसम्म अनुमान गर्न सकिन्छ। त्यसपछि भण्डारीले आफूले बोकेको खुकुरीले नविनको हत्या गरे। लगत्तै प्रहरीलाई खबर गर्न सक्ने भएपछि अन्य तीन जनलाई पनि छप्क्याएको बयान भण्डारीले प्रहरीलाई दिएका छन्। 

प्रहरी अनुसन्धानका अनुसार हत्या भएको दिन दाजु दीपेन्द्र र नविनले सँगै मदिरा सेवन गरेका थिए। नविन एक घन्टा अगाडि नै समिल पुगेका थिए। यदि, उनीहरू सँगै समिलमा पुगेको भए दीपेन्द्र पनि रहन्थे या रहँदैन थिए भन्ने कठिन थियो। 

दीपेन्द्रले समिलको ढोका घचघच्याएपछि भण्डारी पछाडिबाट निस्किएका थिए। उनी भित्र छिरेपछि खुट्टामा, शरिरमा रगतका बाछिटा लागे। दीपेन्द्र छाँगाबाट खसे जस्तो भए। रगत लतपतिएको शरिर लिएर उनी प्रहरीलाई खबर गर्न पुगे। तीनकुने चौकमा पेट्रोलिङको प्रहरीलाई उनले खबर गरे।

पहिला त दीपेन्द्रले नै हत्या गरेको हुन सक्ने ठानेर प्रहरीले उनलाई कस्टडीमा राख्यो।

दीपेन्द्रले आफूले हत्या नगरेको दाबी गरिरहँदा प्रहरी यस प्रकरणको गहिरो अनुसन्धानमा जुटेको थियो। 

नविनसँग एक जना हट्टाकट्टा केटाको एक महिना अघि भएको विवाद, मोटरसाइकलले ठक्कर दिएको विषयमा जानकारी पाएपछि प्रहरीले सीसीटिभी फुटेज केलाउन थाल्यो। 

दीपेन्द्रको बयानसँग मिल्दोजुल्दो जीउडाल भएको व्यक्ति त देखियो तर उसको लोकेशन के हो र हत्या गरेको हो या होइन भन्ने पत्ता लगाउनका लागि प्रहरी कस्सियो। 

प्रहरीले हत्या अनुसन्धानका लागि कुकुरको पनि सहयोग लियो। उच्च अधिकारीका अनुसार रोज भनिने बेल्जियन सेफर्ड र पपी भनिने जर्मन सेफर्डलाई काममा खटाइयो। 

प्रहरी त्यतिबेला अचम्मित भयो जब रगतले लतपतिएको दीपेन्द्रलाई हत्याराका रुपमा रोजले कुनै शंका नै गरेन। यसपछि दीपेन्द्रको बयानको आधार र सीसीटिभी फुटेजको कसीमा कुकुरबाट अनुसन्धान थालियो। 

हत्या भएको ठाउँदेखि अनुसन्धानको लिड बेल्जियन सेफर्ड रोजले सुरु गरेको थियो। उसले हत्या अभियुक्त भण्डारी हिँडेको पदचाप समात्दै जडिबुटीसम्म लग्यो। त्यसपछि रोज थाक्यो। अनि, प्रहरीका अनुसन्धान अधिकारी मुख्य हत्या अभियुक्तको खोजीमा झनै व्यापक बनेर लाग्यो। 

यहाँसम्मकी शुक्रबार हत्या गरेको बयानमा स्वीकार गरेका भण्डारी शनिबार बहिरा स्कुलमा गई सामान्य जस्तो व्यवाहार गरेर साथीभाईसँग कुराकानी गर्दै चिया खाए। त्यसबेला पनि हत्याका लागि प्रयोग गरेको खुकुरी उनले झोलामा नै राखेको बयानमा खुलेको छ। 

हत्या गरेको दुई दिनपछि आइतबार भण्डारी सिन्धुपाल्चोक भाग्ने दाउमा थिए। रेकी गरिरहेको प्रहरीले भण्डारी गाडी चढ्ने स्थिति आएपछि पक्राउ गरेको थियो। 

यसपछि हत्याको विषयमा अनुसन्धान सुरु भयो। भण्डारीले ‘आई किल्ड फोर पिपुल’ भनेर लेखेर बयान दिए।  बयानका लागि एक जना मात्र होइन, प्रहरीले चार जना दोभाषेको सहायता लिएको थियो। दोभाषेको सहयोगले जब भण्डारी नै अभियुक्त हुन् भन्ने निचोडमा प्रहरी पुग्यो अनि हिरासतमा रहेका दीपेन्द्रलाई छाडियो। 

‘कुकुरले पनि रगत लतपतिएको दीपेन्द्र हत्यारा हो भन्ने कुनै शंका गरेन, अनि हामी छक्क परेका थियौं’, उच्च अधिकारीले भनेका थिए। 

हिरासतमा रहँदा मासुभात मागेर हैरान लगाएका भण्डारीले कतिपय शंकास्पद किसिमका हत्या समेत गरेको बयान दिएपछि प्रहरी चकित भयो। ती शंकास्पद हत्याका विषयमा छानबिनमा प्रहरी लागिसकेको थियो। फरक क्षमता भएको भनिएका भण्डारीको हत्याकाण्डमा पनि अति फरक क्षमता देखेको प्रहरी अझ चकित थियो।

यहाँसम्मकी नक्सालमा आफू पढ्ने विद्यालयका अन्य साथीको पनि सहयोग लिएर हत्यासम्म गरेको भन्ने बयान दिएका थिए। जुन, प्रहरीले विश्लेषण गर्दा प्रमाणित भएन। तर, हनुमन्तेको घटनाको बारेमा भने भण्डारी ‘सस्पेक्ट’ हुन सक्ने घेरामा नै राखियो।

सिन्धुपाल्चोकमा पनि हत्या गरेको भन्ने विषयमा खोजी र अनुसन्धान पनि भएको थियो।

यस्ता खुंखार हत्या अभियुक्त प्रहरीले दशकौंमा मात्र भेट्ने गरेको छ। यदि कुकुरको सहायता नभएको भए भण्डारीलाई पक्राउ गर्नका लागि निक्कै समय लाग्ने थियो। 

नविनसहित भण्डारीले सुभद्रा भुजेल, त्यसपछि पूर्णबहादुर भुजेल र अम्बिकालाई टाउकोमै खुकुरी प्रहार गरेर हत्या गरेका थिए।

राजधानीमा नै यस्ता प्रकारका आपराधिक र पासबिक घटना घटाइने गरिएको तथ्यले सोध्छ– सुरक्षा कहाँ छ?

यो पनि, 

बोल्न नसक्ने सञ्जय उर्फ ‘साईको भण्डारी’का गफले प्रहरी हैरान!

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  ११:४७
प्रतिक्रिया दिनुहोस्