नेपालले पछिल्लो समय खेलकुदमा उल्लेख्य प्रगति गरेको छ : प्रधानमन्त्री ओली
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले पछिल्लो समय खेलकुदमा उल्लेख्य प्रगति गरेको बताएका छन् ।
शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा पाराओलम्पिक काँस्य पदक विजेता खेलाडी पलेशा गोवद्र्धनलाई सम्मान प्रदान गर्दै उनले यस्तो बताएका हुन् ।
उनले खेल क्षेत्रका सबै विधाहरूमा अझै उत्कृष्ट प्रगति गर्दै जान खेलाडीहरूलाई आग्रह गरे । उनले क्रिकेट, फुटबल, भलिबल, टेबलटेनिस, डमिन्टन लगायतका खेलहरूमा नेपालले पछिल्लो समय उल्लेख्य प्रगति गरिरहेको बताए । उनले नेपालको अहिलेको खेल अन्तर्राष्ट्रिय स्तरको रहेको भन्दै अझै खेलहरूमा खेल विज्ञता, प्रविधिको विकास आवश्यक रहेको बताए ।
सो अवसरमा प्रधानमन्त्री ओलीले ओलम्पिक पदक विजेता गोवद्र्धनलाई ६५ लाख रुपैयाँ नगदसहित सम्मान गरे । सरकारले डिजिटल माध्यमबाट गोवद्र्धनको खातामा उक्त रकम जम्मा गरेको हो । प्रशिक्षक कविराज नेगीलाई ५ लाख ८५ हजार पुरस्कार व्यवस्थापक २ लाख ९२ हजार पुरस्कार रकम दिइएको छ ।