नेभिगेशन
खेलकुद

यी हुन् एनपिएलले सार्वजनिक गरेका मार्की खेलाडी  

काठमाडौं– मंसिर १६ देखि पुस ६ गतेसम्म हुने प्रतियोगिताका लागि नेपाल प्रिमियर लिग (एनपीएलल)े शुक्रबार मार्की खेलाडी सार्वजनिक गरेको छ।

मार्की खेलाडीमा राष्ट्रिय टीमका कप्तान रोहित पौडेल, पूर्वकप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, कुशल मल्ल, कुशल भुर्तेल र आसिफ शेख छन् ।

क्रिकेट एशोसिएशन नेपाल (क्यान)ले एनपीएल आयोजना गर्ने घोषणा गरेलगत्तै सहभागी हुने टोली सार्वजनिक गरिसकेको छ। 

सबै टोलिका मालिकहरुको टुङ्गो लागिसकेको छ। अब यिनै मार्की खेलाडीहरु टोलिका प्रमुख हुनेछन्। यी खेलाडिहरु बाहेक अन्य भने अक्सनबाट आउनेछन्।

एनपीएलमा नेपाली खेलाडीका अलावा चर्चित विदेशी खेलाडीहरु पनि समावेस हुनेछन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद