Nic Ad Nic Ad
Nic Ad Nic Ad

६० केजी सुन प्रकरणमा वाल्डो क्यासिनोका म्यानेजरलाई पठाइयो थुनामा

शुक्रबार, भदौ २८, २०८१

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद भएको करिब ६० केजी अवैध सुन प्रकरणमा पक्राउ परेका वाल्डो क्यासिनोका म्यानेजर मिन्ट सिङ टेरेन्स टीएसलाई थुनामा पठाइएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ३ दिनअघि टीएसलाई ठमेलस्थित वाल्डो होटेलबाट पक्राउ गरेको थियो । ५५ वर्षीय त्सी हङकङका नागरिक हुन् ।

ब्रेक सुमा लुकाएर ल्याएको करिब ६० केजी सुन प्रकरणमा सीआईबीले यसअघि त्सीसहितलाई प्रतिवादी बनाएर करिब ३१ अर्ब बिगो कायम गरी मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १४:०५
प्रतिक्रिया दिनुहोस्