Nic Ad Nic Ad
Nic Ad Nic Ad

वीर अस्पतालमा ९ वर्षपछि पुनः सुरु भयो जलनको उपचार

शुक्रबार, भदौ २८, २०८१

काठमाडौँ-चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालले शुक्रबारबाट जलनका बिरामीलाई सेवा दिन थालेको छ । २०७२ वैशाखको भूकम्पपछि बन्द रहेको बर्न वार्डमा जलनका सामान्य बिरामीलाई उपचार गर्न अन्य अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता थियो ।

अस्पतालका अनुसार आजबाट ‘जलन उपचार केन्द्र’ बाट सुरु गरिएको छ । जसमा १० जनरल बेड, ५ आइसियु र तीन वटा अप्रेसन थिएटर रहेका छन् ।नेपालमा जलनको उपचारको सुरुवात वरिष्ठ प्लास्टिक सर्जन डा. केशवदास जोशीले २०४३ सालदेखि वीर अस्पतालमा सुरु गरेका थिए ।

नेपालजस्तो अल्पविकसित देशमा जलनको समस्या भयावह छ । चिकित्सकहरूका अनुसार जलनमा पर्ने धेरैजसो बिरामी दूरदराज र विपन्न वर्गका हुन्छन् । नेपाल सरकारले जलनका घाइतेहरूलाई नै उपचार गर्ने भनेर अस्पताल बनाएको छैन । सबै खाले उपचार हुने ठुला अस्पतालमा ५ देखि १० वेडको जलन उपचार विभाग तोकिए पनि दक्ष जनशक्ति नहुँदा काठमाडौँ नै रेफर गर्ने चलन छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १४:०६
प्रतिक्रिया दिनुहोस्