Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘एक वर्ष भित्र सबैका घरघरमा विद्युत् पुर्‍याइने’

शुक्रबार, भदौ २८, २०८१

चितवन- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आगामी एक वर्षभित्र सबै जनताको घरमा विद्युतीकरण पुग्ने गरी काम अघि बढाइएको बताएका छन्। आज यहाँ पत्रकारसँग कुरा गर्दै उनले विद्युत्को आन्तरिक खपत बढाउन सबै जनताको घरमा विद्युत् सेवा पुर्‍याउन लागिएको उल्लेख गरे । 

नेपालमा सञ्चालित व्यवसायमध्ये सबैभन्दा बढी आयआर्जन गर्ने विद्युत्सम्बन्धी व्यवसाय भएका भन्दै मन्त्री खड्काले यसको आन्तरिक खपत बढाउन सरकार लागेको बताए । उनले भने, “निर्माणको समय भएकाले कहिलेकाहीँ समस्या देखिने गरेको छ । यसको समाधान गर्दै आन्तरिक खपत बढाउन सरकार प्रयासरत छ ।” विद्युत्को उपभोग बढी भन्दाबढी कसरी गर्ने भन्ने विषय सरकार केन्द्रित रहेको उनको भनाइ छ । हिउँदमा विद्युत् उत्पादन कम हुँदा कहिलेकाहीँ समस्या आउने गरेको मन्त्री खड्काले बताए। 

मन्त्री खड्काले सरकारले डेडिकेटर लाइनको पैसा असुल गर्ने बताए । उनले भने, “लाइन काटेर समस्याको समाधान हुँदैन । पैसा असुल गर्ने कानुनी बाटाहरू छन् । कानुनमा व्यवस्था गरिएअनुसार रकम असुल गर्नेछौँ ।” व्यवसायीले विद्युत् प्रयोग गरेबापत राज्यलाई महसुल बुझाउनुपर्नेमा जोड दिँदै उनले अहिले देखिएको विवाद चाँडै टुङ्गो लाग्ने उल्लेख गरे ।

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १४:३७
प्रतिक्रिया दिनुहोस्