Nic Ad Nic Ad
Nic Ad Nic Ad

बालिका बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका इन्स्पेक्टर धरौटीमा रिहा

शुक्रबार, भदौ २८, २०८१

काठमाडौँ- बालिका बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विदुर शिवाकोटी धरौटीमा छुटेका छन् ।

उच्च अदालत पाटनका न्यायाधीशद्धय टेकप्रसाद गुरुङ र हेमन्त रावलको इजलासले इन्स्पेक्टर शिवाकोटीलाई ३ लाख धरौटीमा छाड्न बिहीबार आदेश दिएको उच्च अदालतले जनाएको छ । उनी बिहीबार नै धरौटी बुझाएर रिहा भएका छन् । यसअघि शिवाकोटीलाई १९ असारमा जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज ढकालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

शिवाकोटी आफ्नो घरमा घरेलु श्रमिकका रूपमा राखिएकी १२ वर्षकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा २३ जेठमा उनी पक्राउ परेका थिए ।

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १४:४४
प्रतिक्रिया दिनुहोस्