Nic Ad Nic Ad
Nic Ad Nic Ad

अग्निप्रसाद सापकोटाले भने-उपसभामुखलाई पदबाट हटाउन सम्भव छैन

शुक्रबार, भदौ २८, २०८१

काठमाडौँ- पूर्व सभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन सम्भव नहुने बताएका छन् । 

शुक्रबार कुराकानी गर्दै पूर्व सभामुख सापकोटाले राजनीतिक उद्देश्यबाट प्रेरित भएर उपसभामुख रानालाई हटाउन खोजिएको बताएका हुन् ।उनले सत्तारुढ दलहरूले राजनीतिक कारण उपसभामुखलाई हटाउने कुरा उठाएको भन्दै उपसभामुखलाई हटाउन सम्भव नभएको बताए । उनले सरकार संवैधानिक परिषदमा अल्पमतमा परेका कारण उपसभामुखलाई हटाउने कुरा उठाइएको बताए । उनले संवैधानिक परिषद्मा गरिने निर्णयलाई सहज बनाउनका लागि सो एजेण्डा उठाइएको बताए ।

उनले भने, ‘उहाँहरूले (सत्तारुढ दलहरूले) राजनीतिक कारणले यो उठाइराख्नुभएको छ । उपसभामुख संवैधानिक परिषद्को सदस्य हुन्छ । अहिले सरकार अल्पमतमा छ । त्यसकारण त्यो उद्देश्यलाई टार्गेट गरेर उहाँले गरेका त्रुटिका आधारमा, त्रुटिमा टेकेर उहाँलाई हटाउन खोजिएको हो । अहिले त अल्पविराम लागेको छ भन्ने मैले सुनेको छु । यो राजनीतिक कुरा हो ।’

सापकोटाले भने, ‘उहाँको गल्ती कमजोरी पनि होला । मैले बुझ्न बाँकी छ । तर पनि प्रथम दृष्टिमै विचार गर्दा खेरी त्यो स्तरको उहाँलाई हटाउने नै खालको त्रुटि भएको बुझिँदैन । उहाँहरूको जुन हतारो देखिन्छ, त्यो हतारोले संवैधानिक परिषद्मा निर्णय गर्नका लागि सहज बनाउनका लागि यो एजेन्डालाई अगाडी ल्याएको हो । सबैले बुझेका छन्, यो राजनीतिक उद्देश्यबाट प्रेरित छ । त्यसो भएको हुनाले यो सम्भव पनि छैन ।’

पूर्व सभामुख सापकोटाले सभामुख र उपसभामुखले संसद्को गरिमा र ओझा राख्नुपर्ने बताए । उनले सभामुख र उपसभामुखले संसद्को गरिमामा आँच आउने काम गर्नु नहुने बताए ।

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १४:५४
प्रतिक्रिया दिनुहोस्