Nic Ad Nic Ad
Nic Ad Nic Ad

च्यासलमा एमाले सचिवालय बैठक जारी

शुक्रबार, भदौ २८, २०८१

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक जारी रहेको छ। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि डाकिएको बैठक दिला गरी बसेको हो।

बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक विषयमा बैठकमा छलफल हुनेछ । भदौ १८ र १९ गते बसेको पार्टीको पोलिटब्यूरो बैठकले कार्ययोजनाको टुंगो लगाउने जिम्मा सचिवालय बैठकलाई दिएको थियो । एमालेको पोलिटब्युरो बैठकले तत्काल वामपन्थीको नाममा कुनै मोर्चा नबन्ने निष्कर्ष निकालेको छ। बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमाले एक्लै लड्ने भएकाले नेता कार्यकर्तालाई आफ्नो क्षेत्रमा अहिलेदेखि नै योजनाबद्ध रूपमा अगाडि बढ्न निर्देशन दिएका थिए।

ओलीले आगामी चुनावबाट पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनका लागि नेतारकार्यकर्तालाई भूगोलमा खट्न निर्देशन दिएका छन्। ‘अहिले पनि हामी राष्ट्रिय शक्ति हौँ, आगामी निर्वाचनपछि हामी निर्णायक राष्ट्रिय शक्ति बन्छौँ’ ओलीले बैठकमा भनेका थिए। 

पार्टीलाई राष्ट्रिय निर्णायक शक्ति बनाउनका लागि आगामी वर्ष २०८२ भित्र १० लाख पार्टी सदस्य बनाउने कार्ययोजनामा उल्लेख छ। ओलीले अब काँग्रेस पनि एक्लै चुनाव लड्ने ठाउँमा पुगेकाले एमालेका लागि एक्ला एक्लै प्रतिस्पर्धाको मौका आएको बताए। हालैको केन्द्रीय समितिको बैठकमा काँग्रेसले पनि एक्लै चुनाव लड्ने निर्णय गरेको थियो।

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १५:३१
प्रतिक्रिया दिनुहोस्