सहकारी संसदीय छानबिन समितिले प्रतिवेदनलाई अन्तिम रूप दिँदै
काठमाडौँ- सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी गरेको छ ।
शुक्रबार बैठक बसेर प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी भइरहेको समिति सभापति सूर्य थापाले जानकारी दिए ।शुक्रबार अपराह्न ४ बजे गृह मन्त्री रमेश लेखकसँग छलफल गर्ने तयारी छ । आजै छलफल टुङ्ग्याएर प्रतिवदनलाई अन्तिम रूप दिइने थापाले बताए
गृह मन्त्री लेखक, गृह सचिव र प्रहरी प्रमुख सहितलाई समितिमा आमन्त्रित गरी छलफल गर्न लागिएको उनले बताए ।
सहकारी ठगीका फरार प्रतिवादीहरूलाई स्वदेश झिकाउने विषयमा भइरहेको प्रगतिबारे समितिले ब्रिफिङ लिने र आवश्यक निर्देशन दिने उनले बताए ।
समितिको १३ साउनमा बसेको बैठकले सहकारी ठगीका फरार प्रतिवादीलाई स्वदेश झिकाउन समितिले निर्देशन दिएको थियो ।
१५ भदौमा बसेको प्रतिनिधि सभा बैठकले सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन समिति गठन गर्ने निर्णय गर्दै २२ जेठमा पहिलो बैठक बसेको थियो ।