Nic Ad Nic Ad
Nic Ad Nic Ad

आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाइने छ : अर्थमन्त्री पौडेल

शुक्रबार, भदौ २८, २०८१

काठमाडौँ- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको विकास र समृद्धिको लक्ष्य हासिल गर्नका लागि आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाउने बताएका छन् । 

आन्तरिक राजस्व विभागको निरीक्षणपछि आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले आन्तरिक स्रोत परिचालन थप प्रभावकारी बनाउन कर प्रणालीलाई थप आधुनिकीकरण गर्ने, करदाताको कर सहभागिता लागत घटाउने, प्रविधिमैत्री जनशक्ति विकासलाई प्राथमिकता दिने बताए ।उनले करको दायरा विस्तार गर्ने, करदातामैत्री वातावरण सिर्जना गर्ने, करदाता सेवाको गुणस्तरमा वृद्धि गर्ने, स्वेच्छिक कर सहभागिता अभिवृद्धि गर्ने, कर छली र चुहावट रोकिने गरी काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए ।

अर्थमन्त्री पौडेलले कार्य प्रक्रिया सरलीकरण गर्ने, जोखिममा आधारित कर परीक्षण तथा विद्युतीय सुशासनमा जोड दिँदै नतिजामा आधारित व्यावसायिक संगठन तथा कार्य विशिष्टीकरणको लागि संस्थागत सुधारमा पनि थप पहल गर्ने बताए ।  

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १६:५०
प्रतिक्रिया दिनुहोस्