Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्वास्थ्य बीमा बोर्डका अध्यक्ष लोहनीले दिए राजिनामा

शुक्रबार, भदौ २८, २०८१

काठमाडौं स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले पदबाट राजिनामा दिएका छन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज दिउसो उनले राजिनामा पत्र दर्ता गराएका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पूर्व अतिरिक्त स्वास्थ्य सचिव समेत रहेका डा. लोहनीलाई १३ मंसिर २०८० मा बसेको मन्त्रिपरिषद् बैठकले बीमा बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।

स्वास्थ्यको कारण देखाउँदै उनले राजिनामा दिएको मन्त्रालय श्रोतले बताएको छ । स्वास्थ्य मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा। लोहनीले बीमामा सुधार गर्न नसके राजीनामा दिन्छु भनेर यसअघि नै घोषणा गरिसकेका थिए ।

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १७:१९
प्रतिक्रिया दिनुहोस्