भोटेकोसी नदीमा जिप खस्यो, निकाल्ने प्रयास जारी
काठमाडौँ - सिन्धुपाल्चोकको तातोपानीबाट बाह्रबिसे आउँदै गरेको बोलेरो जिप भोटेकोसीमा खसेको छ। नम्बर नखुलेको जिप बाह्रबिसे नगरपालिका– ६ बोर्डरल्यान्डबाट भोटेकोसीमा खसेको हो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी निरञ्जन भट्टराईले दिएको जानकारी अनुसार जिप कसको हो भन्ने खुलेको छैन। भोटेकोसीमा ठूलो बाढी आएकाले जिप झिक्न सकिएको छैन।
नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी उद्धारमा खटिएका छन्। दुईवटा क्रेनले जिप तान्ने प्रयास भइरहेको छ। जिप दिउँसो २ बजे नदीमा खसेको हो। जिपमा कति जना सवार थिए भन्ने खुलेको छैन।
प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१ १७:५६
प्रतिक्रिया दिनुहोस्