Nic Ad Nic Ad
Nic Ad Nic Ad

उपसभामुख रानाले उठाइन् आफ्नो विषय, ओलीले भने– यी त सब भन्ने कुरा न हुन् 

शुक्रबार, भदौ २८, २०८१

काठमाडौं– संवैधानिक परिषदको शुक्रबारको बैठक केही घोचक बनेको छ। 

उपसभामुख इन्दीरा राना मगरले विवादीत कुरा उठाइन्। 

आफू समाजसेवी, बालबालीकाका लागि काम गरेको तर विवादमा किन ल्याइएको भनेर प्रश्न गर्दा परिषद अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले हल्लाको पछाडि नलाग्न भनेर जवाफ दिए। 

उच्च स्रोतले भन्यो,‘उपसभामुखले विवादको विषय उठाउनुभयो, प्रधानमन्त्रीले त यी सब भन्ने कुरा हुन्, तपाई हल्लाको पछाडि नलाग्नुस् भन्नुभयो।’
यो विषयमा उपसभामुख राणाले पत्रकारसँग पनि भनेकी छन्,‘प्रधानमन्त्रीले बजार हल्ला भन्नुभयो।’
 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  २०:१७
प्रतिक्रिया दिनुहोस्