Nic Ad Nic Ad
Nic Ad Nic Ad

पूर्वसांसद ढाका कुमारलाई ३ दिन हिरासतमा राख्न अनुमति

शुक्रबार, भदौ २८, २०८१

काठमाडौँ- लागूऔषध बिक्री गरेको आरोपमा पक्राउ परेका पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

बिहीबार पक्राउ परेका श्रेष्ठलाई कास्की प्रहरी म्याद थपका लागि शुक्रबार कास्की जिल्ला अदालतमा उपस्थित गराउनको थियो । अदालतले तीन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको कास्की प्रहरीले जनाएको छ । ३ साउनमा प्रहरीले रोल्पा घर भई पोखरा बस्ने ४२ वर्षका प्रकाश थापामगरलाई लागू औषध ट्रुपाइनको ९७ चक्कीसहित पक्राउ गरेको थियो । उनले उक्त औषधि पोखरा महानगरपालिका-९ पृथ्वीचोकमा रहेको दिया फार्मेसीबाट खरिद गरेको भनेर बयान दिएका थिए ।

त्यसपछि उक्त फार्मेसीका सञ्चालक पूर्वसांसद श्रेष्ठविरुद्ध जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गरेको र बिहीबार प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  २०:५२
प्रतिक्रिया दिनुहोस्