Nic Ad Nic Ad
Nic Ad Nic Ad

तनहुँमा एक वर्षमा ७ सय ७० साना उद्योग थपिए

शनिबार, भदौ २९, २०८१

तनहुँ- आर्थिक वर्ष २०८०/८१ मा पर्यटन तथा उद्योग कार्यालयमा ७ सय ७० उद्योग दर्ता थपिएका छन्। उद्योगतर्फ ३ सय ९८ र वाणिज्यतर्फ ३ सय ७२ उद्योग थपिएका हुन्।

उक्त कार्यालयले आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा १५ लाख रुपैयाँ कम राजस्व संकलन गरेको छ। आव २०७९/८० मा ६६ लाख ४ हजार २ सय रुपैयाँ राजस्व संकलन गरेको कार्यालयले आव २०८०/८१ मा ५१ लाख ४ हजार ८ सय रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ।

'अघिल्ला वर्षका छुट भएका उद्योग र वाणिज्य चालु आवमा नवीकरण हुन थालेपछि राजस्वमा वृद्वि हुन थालेको छ, आव २०८०/८१ मा एक हजार एक सय ३७ उद्योग र आठ सय १७ वाणिज्य नवीकरण भएका छन्', कार्यालय प्रमुख दुर्गाराज सुवेदीले भने।
 
त्यसैगरी २०८१/८२ को साउनमा उद्योगतर्फ ३३, भदौमा ३४ र वाणिज्यतर्फ साउनमा ५६ र भदौमा १६ वटा दर्ता भएका छन्।

चालु आवमा उद्योगतर्फ साउन महिनामा ३ सय ९७ र भदौमा अहिलेसम्म १ सय ७४ तथा वाणिज्यतर्फ साउनमा ३ सय २७ र भदौमा २ सय ११ वटा उद्योग नवीकरण भइसकेका छन्। रासस

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  ०७:२७
प्रतिक्रिया दिनुहोस्