नेभिगेशन
राजनीति

रास्वपा केन्द्रीय समिति बैठकः यस्ता छन् एजेन्डाहरू

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक मुख्यालय बनस्थलीमा शनिबार दिउँसोका लागि डाकिएको छ। 

असोज १ र २ का लागि काठमाडौंमा हुन लागेको सम्मेलनलाई केन्द्रीत गरी बैठक डाकिएको हो। 

समसामयिक राजनीति, आर्थिक र सामाजिक गतिविधिबारे छलफल गरिने बताइएको छ। 

राष्ट्रिय भेलामा सहभागिताका लागि आएका प्रतिनिधिको नाम र रिपोर्ट, राष्ट्रिय भेलाको प्रस्तावित कार्यतालिकाका विषयमा चर्चा हुनेछ। 
राष्ट्रिय भेलाको हालसम्मको तयारीबारे उपसमितिले जानकारी प्रस्तुत गर्ने र छलफल गर्ने कार्यसूची रहेको छ। 

राष्ट्रिय भेलामा प्रस्तुत हुने प्रतिवेदनहरू प्रस्ताव र आवश्यक छलफल गरिने, जिल्ला भेला र जिल्ला समिति गठनबारे छलफल गरिने, विधान संशोधन सुझाव कार्यदलको सुझाव प्रतिवेदन प्रस्तुत गर्ने र आवश्यक छलफल गर्ने, प्रस्तावित नियमावली र कार्यविधिहरू सम्बन्धमा र अन्य विविध विषयमा छलफल गरिने रास्वपाले जनाएको छ। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति