नेभिगेशन
मनोरञ्जन

‘छक्का पञ्जा ४’को टिकट दुई घन्टामा सकियो, रातीलाई राखियो अर्को निशुल्क शो

काठमाडौं– ‘आईएनआई’ सिनेमा हल नयाँ वानेश्वरको बार्षिकोत्सवका अवसरमा छक्का पञ्जा–४ निशुल्क देखाउने दुई वटा शोको टिकट दुई घन्टामा नै सकिएको छ। 

दीपकराज गिरी र दीपाश्री निरौलाको लगानी रहेको उक्त सिनेमा हलले खुलेको एक बर्ष पूरा भएको अवसरमा छक्का पञ्जा फ्रेन्चाइजको चौथो फिल्म शनिबार देखाउने घोषणा शुक्रबार भएको थियो।

अभिनेता समेत रहेका दीपकराज गिरीले भनेका छन्,‘दुई घन्टामा दुई शोको टिकट सकिएपछि राती ८ः३० का लागि अर्को शो थपिएको छ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन